तपाईंहरू मध्ये धेरैजना ठूला सपना बोकेर राजधानी छिर्नुभएको होला। कसैको आर्थिक अवस्था कमजोर छ, कोही भविष्यको बाटो खोज्दै अलमलिनुभएको होला, त कोही अवसरको खोजीमा हुनुहुन्छ। तर याद राख्नुस्—सपना पूरा गर्न धनी परिवार होइन, दृढ इच्छाशक्ति र सही शैक्षिक वातावरण चाहिन्छ।
यदि तपाईं पनि आफ्नो भविष्यलाई उज्यालो बनाउन चाहनुहुन्छ भने, गुह्येश्वरी माध्यमिक विद्यालय परिवारमा हार्दिक स्वागत छ। यहाँ गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, अनुभवी शिक्षक तथा विद्यार्थीमैत्री सिकाइका माध्यमबाट तपाईंका सपनालाई यथार्थमा बदल्ने प्रयास गरिन्छ।
आर्थिक अवस्था कमजोर भएर सपना सानो नबनाऔं। अलमलिएको यात्रालाई सही गन्तव्य दिन एकपटक गुह्येश्वरी माविको ढोका ढकढक्याऔं। तपाईंको सपना र हाम्रो प्रयास मिलेर सफलताको नयाँ कथा लेख्न सक्छ।
"सपना ठूलो राख्नुस्, परिस्थिति होइन। भविष्य बदल्ने अवसर तपाईंलाई गुह्येश्वरी माविमा पर्खिरहेको छ।"
हार्दिक स्वागत छ, प्रिय भाइबहिनीहरू।


See less